१ कुनै पनि शब्द लेख्दा आधा अक्षर आएर लगत्तै "ㅇ" आएमा त्यो आधा अक्षर "ㅇ" मा समायोजन भई उच्चारण हुन्छ । जस्तै:
시간에 = (सिगाने (시가네) उच्चारण) = समयमा, 선생님이 = (सन्सेङनिमी (선생니미) उच्चारण) = शिक्षकले
२ शब्द लेख्दा तलतिर "ㄱ" आएर लगत्तै "ㅁ" आएको छ भने "ㄱ" को उच्चारण "ङ्" हुन्छ । जस्तै:
한국말 = (हान्गुङ्माल (한궁말) उच्चारण) = कोरियन भाषा
३ शब्द लेख्दा तलतिर "ㄱ" आएर लगत्तै "ㄴ" आएमा "ㄱ" को उच्चारण "ङ्" हुन्छ । जस्तै:
백년 = (फेङन्यन (뱅년) उच्चारण) = १०० बर्ष
४ शब्द लेख्दा कुनै अक्षरको मुनी "ㄷ" आएर लगत्तै "ㄴ" आएमा "ㄷ" को उच्चारण "न्" हुन्छ । जस्तै:
믿는다 = (मिन्नुन्दा (민는다) उच्चारण) = विश्वास गर्नु
५ शब्द लेख्दा "ㅂ" तल आएर लगत्तै "ㄴ" आएमा "ㅂ" को उच्चारण "म्" हुन्छ । जस्तै:
습니다 = (सुम्निदा (숨니다) उच्चारण) = छु, छौ, छिन ...
६ शब्द लेख्दा "ㅂ" तल आएर लगत्तै "ㅁ" आएमा "ㅂ" को उच्चारण "म्" हुन्छ । जस्तै:
입맛 = (ईम्मात (임맛) उच्चारण) = स्वाद
७ शब्द लेख्दा "ㄴ" तल आएर लगत्तै "ㄹ" आएमा "ㄴ" को उच्चारण "ल्" हुन्छ । जस्तै:
난로 = (नाल्लो (날로) उच्चारण) = हिटर, 편리하다 = (फ्यल्लिहादा (펼리하다) उच्चारण) = सजिलो हुनु
८ "ㅂ" तल आएर लगत्तै "ㄷ" आएमा "ㄷ" को उच्चारण "त" हुन्छ । जस्तै:
입다 = ईप्ता = कपडा लगाउनु
९ "ㄱ" तल आएर लगत्तै "ㅂ" आएमा "ㅂ" को उच्चारण "प" हुन्छ । जस्तै:
국밥 = खुक्पाप = सूप
१० "ㅅ" तल आएर लगत्तै "ㅂ" आएमा "ㅂ" को उच्चारण "फ" हुन्छ । जस्तै:
댓바람 = थेत्फाराम = ठूलो हावा
११ "ㄱ" तल आएर लगत्तै "ㄷ" आएमा "ㄷ" को उच्चारण "त" हुन्छ । जस्तै:
식당 = सिक्ताङ = रेस्टुरेन्ट
१२ "ㄱ" तल आएर लगत्तै "ㅈ" आएमा "ㅈ" को उच्चारण "च" हुन्छ । जस्तै:
숙제 = सुक्चे = गृहकार्य
१३ "ㅂ" तल आएर लगत्तै "ㅈ" आएमा "ㅈ" को उच्चारण "च" हुन्छ । जस्तै:
잡지 = छाप्ची = पत्रिका
