कोरियन भाषामा व्यञ्जनवर्ण मुख्य गरी १४ वटा हुन्छन् र बाँकी ५ वटा व्यञ्जनवर्ण जोडीएर बनेका हुन्छन् जसलाई Double Consonant भनिन्छ ।
| एकल व्यञ्जनहरू (Single Consonants) | |||||
| ㄱ | ㄴ | ㄷ | ㄹ | ㅁ | |
| नेपाली | क / ख / ग | न | द / त | र /ल | म |
| Sound | |||||
| ㅂ | ㅅ | ᆼ | ㅈ | ㅊ | |
| नेपाली | ब / प | स | ङ | ज / च | छ |
| Sound | |||||
| ㅋ | ㅌ | ㅍ | ㅎ | ||
| नेपाली | ख | थ | फ | ह | |
| Sound | |||||
| संयुक्त व्यञ्जनहरू (Double Consonants) | |||||
| ㄲ | ㄸ | ㅃ | ㅆ | ㅉ | |
| नेपाली | क | त | प | स | च |
| Sound | |||||
व्यञ्जनवर्णहरु स्वरवर्णहरुसँग जोडीएर मात्र शब्द बन्दछन । यस्तै, व्यञ्जनवर्ण + स्वरवर्ण + व्यञ्जनवर्ण देखी पनि शब्दहरु बन्दछन । व्यञ्जनवर्ण मात्रैबाट शब्द बन्न सक्दैन ।
व्यञ्जनवर्ण + स्वरवर्ण (उदाहरण) ⬇️
ㄱ (व्यञ्जनवर्ण) + ㅏ (स्वरवर्ण) = 가 (शब्द)
ㅉ (व्यञ्जनवर्ण) + ㅣ (स्वरवर्ण) = 찌 (शब्द)
व्यञ्जनवर्ण + स्वरवर्ण + व्यञ्जनवर्ण (उदाहरण) ⬇️
ㄱ (व्यञ्जनवर्ण) + ㅏ (स्वरवर्ण) + ㅇ (व्यञ्जनवर्ण) = 강 (शब्द)
ㄱ (व्यञ्जनवर्ण) + ㅗ (स्वरवर्ण) + ㅁ (व्यञ्जनवर्ण) = 곰 (शब्द)
ㅁ (व्यञ्जनवर्ण) + ㅗ (स्वरवर्ण) + ㅁ (व्यञ्जनवर्ण) = 몸 (शब्द)
यस प्रकृयाबाट शब्द निर्माण हुँदा सुरुमा व्यञ्जनवर्ण आउँदछ त्यसपछि स्वरवर्ण र अन्त्यमा फेरि व्यञ्जनवर्ण आएको हुन्छ ।
कोरियन भाषाका स्वरवर्णहरु कुनै स्वरवर्णका पछाडी जोडीएर त कुनै तलतिर झुण्डिएर आउँदछन । "ㅏ, ㅑ, ㅓ, ㅐ, ㅔ, ㅖ" यि स्वरवर्णहरु व्यञ्जनवर्णको पछाडी जाेडीएर आउँदछन भने "ㅗ, ㅛ, ㅜ, ㅠ ㅡ" चाँही व्यञ्जनवर्णको तलतिर झुण्डिएर आउँदछन ।
उदाहरण ⬇️
ㄱ (व्यञ्जनवर्ण) + ㅏ (स्वरवर्ण) = 가 (शब्द) (व्यञ्जनवर्णका पछाडी स्वरवर्ण आएर शब्द बन्ने प्रकृया)
ㅁ (व्यञ्जनवर्ण) + ㅜ (स्वरवर्ण) = 무 (शब्द) (व्यञ्जनवर्णको तलतिर स्वरवर्ण झुण्डिएर शब्द बन्ने प्रकृया)
