한글 उच्चारण : हाङ्गुल (काेरियन वर्णमाला)
सबै भाषाको आ-आफ्नै लिपी हुन्छन । कोरियन भाषाको लिपिलाई हाङ्गुल (한글) भनिन्छ । कोरियाली वर्णमाला, दक्षिण कोरियामा हङ्गुल र उत्तर कोरियामा चोसङगल भनिन्छ । नेपाली भाषामा जस्तै काेरियन भाषामा पनि स्वरवर्ण र व्यञ्जनवर्ण छन । काेरियन स्वरवर्णलाई 모음 (उच्चारण: माेउम्) भनिन्छ जुन २१ वटा छन । यसमा १० वटा आधार स्वरवर्ण छन भने बाँकी ११ वटा संयुक्त स्वरवर्ण छन । यस्तै, कोरियन भाषामा व्यञ्जनवर्णलाई 자음 (उच्चारण: छाउम) भनिन्छ । कोरियन भाषामा १९ वटा ब्यञ्जनवर्ण रहेका छन । जसमा १४ वटा आधार व्यञ्जनवर्ण छन भने ५ वटा युगल अर्थात जाेडी व्यञ्जनवर्ण छन ।
पढ्नुहोस् : कोरियन व्यञ्जनवर्णहरु
पढ्नुहोस् : कोरियन स्वरवर्णहरु
